प्रेस चौतारी सुदूरपश्चिम अध्यक्षमा नरेन्द्र कार्की निर्वाचित

धनगढी । प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न दोस्रो अधिवेशनबाट कार्की निर्वाचित भएका हुन् । महासचिवमा नेपाल प्रेसकर्मी भानुभक्त आचार्य निर्वाचित भए ।

कमिटीका उपाध्यक्ष मीन ठकुरी र कल्पना बोहरा निर्वाचित भएको निवर्तमान अध्यक्ष कृष्ण ओलीले बताए । कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त, सचिवहरू लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी निर्वाचित भए ।

सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड र धनबहादुर विक रहेका छन् ।

अधिवेशनको उद्घाटन संगठनका अध्यक्ष गणेश बस्नेतले गरेका थिए । निर्वाचित कमिटीलाई वरिष्ठ नेता विश्वमणि सुवेदीले शपथ गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *