सत्ताबाट हटेपछि प्रचण्डलाई सहिदको सम्झना आयो, केराको पातको याद आयो : प्रदीप ज्ञवाली

विराटनगर । नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले पाटी भित्रको प्रतिस्पर्धा लाई ठूलो विषय बनाउन नहुने बताएका छन् ।

नेकपा एमाले मोरङको १० औं अधिवेशनमा बोल्दै पाटीको आन्तरिक जीवन लोकतान्त्रिक हुनुपर्ने भन्दै अमुक कमरेडलाई नेता बनाउने गरी हिँड्न नहुने बताए ।

उनले पाटीको लोकतान्त्रिक जीवन पनि स्वास्थ्य बनाउनु पर्ने बताए । उनले भने आन्तरिक जीवन लोकतान्त्रिक नभए बाहिर पनि लोकतान्त्रिक हुन सक्दैन । उनले लोकतान्त्रिक प्रतिस्पर्धीमा पनि मनोगत रूपमा विश्लेषण हुने गरेकाले समस्या भएको बताए ।

उनले पाटी भित्र अमुक व्यक्तिहरूसङ प्रतिस्पर्धा हुने गरेको भन्दै उनले क्रान्तिको अभिभारा पुरा गर्न पाटी भित्र को प्रतिस्पर्धालाई ठुलो बनाउन नहुने बताए ।

उनले भने, ‘अहिले पाटी भित्रका कमरेडहरूसङ सङै बसेर चिया खान नसक्ने काङ्ग्रेस र माओवादीसङ लन्च गर्न सक्ने अवस्था रहेकाले यसलाई चिर्न पर्छ । उनले यसलाई चिर्न नसके राजनीतिक क्रान्ति सम्पन्न भए पनि यसको अभिभारा पुरा नहुने बताए । उनले अहिले केही पाटीहरू सरकार बनाउन उद्योग चलाएर हिँडेक बताए । उनले भने माओवादी अध्यक्षलाई सत्ताबाट हटेपछि सहिदहरूको सम्झना आएको छ । केराको पातको याद आएको छ ।’

उनले माओवादीले पहिला भौतिक संरचनाहरू भत्काएको भन्दै त्यसलाई बनाउन अहिले सरकारलाई बनाउन समय लागेको बताए ।

उनले अहिले प्रचण्ड पहिचानको नाममा देशमा फेरि अराजकता मच्चाउन सकिन्छ कि भनेर लागेको बताए । उनले भने, ‘हिजो कोशीका सांसदले नामकरण गरे । नाम राख्न माओवादीका सांसद पनि लाम लागे । सत्ताबाट हटेपछि माओवादी पुन पहिचानको नाममा अराजकता फैलाउन लागेको छ ।’

Comments

One response to “सत्ताबाट हटेपछि प्रचण्डलाई सहिदको सम्झना आयो, केराको पातको याद आयो : प्रदीप ज्ञवाली”

  1. लोकराज शर्मा Avatar
    लोकराज शर्मा

    प्रचण्डलाई गाली गरेपछि पार्टीमा योग्यता पनि बढने , सुखी नेपाली समृद्ध नेपालको नारा पनि साकार हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *