आज बिहानकाे भूकम्पबाट सिन्धुपाल्चाेकमा के कति भयाे क्षति ? यस्ताे छ प्रशासनकाे रेकर्ड

काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित भैरवकुण्डलाई केन्द्र बनाएर गएको भूकम्पले केही मानिस घाइते भएको र केही घर चर्किको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति जारी गर्दै क्षतिको विवरण उल्लेख गरेका हुन् । उनका अनुसार ६.१ रेक्टरको भूकम्प जिल्लाको सबैतिर महसुस गरिएको थियो ।

मेलम्ची नपा ११ कटुने बस्ने वर्ष ४३ को स्पेश नामाद दुई तले कच्ची घरवाट भाग्ने क्रममा भर्याङबाट लडेर घाइते भएकोमा मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सामान्य अवस्थामा रहेका छन् ।

त्यस्तै, ८ लिसंखुपाखर गा.पा. ४ तमसुवारी बस्ने सुमन गौतमको ढुङ्गामाटोले बनेको जस्ताले छाएको, २ तले कच्ची घरको अं. १०÷१२ फिट लम्बाई भित्ताको भाग चर्किएको उक्त घरमा बस्न नमिल्ने भई नजिकै रहेको निजको बुवा पदम बहादुर खत्रीको घरमा बसिरहेको, निजको परिवारमा २ वर्षको छोरा, श्रीमती सहित ३ जनाको परिवार रहेका छन् ।

वाहन.पा. वडा नं. २ गुम्बेडाँडा बस्ने करे तामाङको ढुङ्गामाटोले बनेको जस्ताले छाएको २ कोठे कच्ची घरको भित्ता साईडको पर्खाल भत्किनुका साथै भारने क्रममा निजको श्रीमती वर्ष ४२ कि गिता तामाझे बाँधा हात तथा ढाडमा पसलको ढुङ्गाले लाग्दा सामान्य घाईते भएको बाहीरी चोट नदेखिएको, निजको घरमा मानिस बसोवास गर्न नमिल्ने भएको कारण निजकै जग्गामा बनेको अस्थायी टहरामा बसोवासका गरिरहेको घाइते महिलाको उपचारका लागि बाह्रविसे अस्पताल लगिएको प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै, अहिले स्थानीयको जनजीवन सामान्य बनेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *