सिन्धुपाल्चोकका सिडिओ भन्छन्- भूकम्पले मानवीय र भौतिक क्षति भएको सूचना छैन

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन ।

दुगुनागडीमा सामान्य पहिरो गएको उल्लेख गर्दै उनले प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताए ।

प्रहरीका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ ।

आज विहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *