पर्वत फलेवासको शारदा माविले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

पर्वत । फलेवास नगरपालिका-१० कुर्घास्थित शारदा माविले आफ्नो ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यरूपमा मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद शर्माको अध्यक्षमा भएको वार्षिकोत्सव समारोहको उद्घाटन मेयर गंगाधर तिवारीले गरे । उनले सूचना प्रविधिको अहिलेको समयमा आधुनिक शिक्षण अभ्यासलाई अवलम्बन गर्दै शारदा माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपमेयर शोभाकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद आचार्य, वडाध्यक्ष अमरबहादुर क्षेत्री, नगर शिक्षा अधिकृत टंकनाथ पौडेल, निवर्तमान वडाध्यक्ष शालिगराम शर्मा पौडेल, चन्दा दाताहरू ओमप्रसाद चपाईँ, मीनप्रसाद शर्मा, भूपू विद्यार्थी नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साललगायतका अतिथि उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *