पूर्वराजालाई रघुजीको चेतावनी- निर्मल निवास घेर्न आउन नपरोस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो हैसियत नबिर्सिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै निर्मल निवास घेर्न आउने दिन नआओस् भन्दै चेतावनी दिए ।

उनले भने, ‘राजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्‍यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? उनीहरूलाई पनि त्यो अधिकार छ नि !’

उनले पूर्वराजाले नभई जनतालाई साथ दिन आह्वान गर्न प्रचण्ड र राजेन्द्र लिङ्देनलाई सुहाउने तर्क गरे ।

उनले थपे, ‘अहिले हामीले शान्तिपूर्ण हिसाबले अघि बढेका छौं । अरु देशमा राजाहरू काटिएका इतिहास छन् । हामीले स-सम्मान राजालाई संसदबाट गणतन्त्रको घोषणा गरेर बिदा गर्‍यौं । उहाँलाई पूर्वराष्ट्राध्यक्षको सम्मान दिएकै छ । सुरक्षा संयन्त्र दिएकै छ । त्यसलाई त हिजोको राजाले बोक्नसक्नुपर्‍यो नि ! त्यो सम्मान बोक्न नसकेर राजनीतिक दलको नेताले गर्नु कुरा, त्यस्तो आह्वान त प्रचण्डजीलाई गर्न सुहाउँछ, राजेन्द्र लिङ्देनजीलाई सुहाउँछ अरु राजनीतिक दलललाई सुहाउँछ, पूर्वराजालाई सुहाउँदैन ।’

Comments

3 responses to “पूर्वराजालाई रघुजीको चेतावनी- निर्मल निवास घेर्न आउन नपरोस् (भिडिओ)”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    यो झुसे बहुलायो|देखा न त गरेर|तये उखानेको लंगोटी सुंग्दै फुर्सद छैन यो चोर्लाई के र|

  2. samir Avatar
    samir

    जनताले यिनिहरुको टाउको काटलान , राजाको होइन!

  3. sanjeev Avatar
    sanjeev

    la heram ta kasari gherchau j ni boldinaya

Leave a Reply

Your email address will not be published. Required fields are marked *