संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि… (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई फेरि वृद्धाश्रम भनेका छन् । प्रतिनिधिसभाको बैठकमा आमसञ्चार विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिययसभालाई वृद्धाश्रम भनेपछि एमाले र माओवादीले आपत्ति जनाएको हो ।

सांसद शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले उठेर विरोध जनाए । तर, सभामुखले बोल्न समय नदिएपछि उनीहरू बसे ।

आफूले बोल्ने समयमा आपत्ति जनाउँदै सांसदहरू उठेपछि शाहीले असन्तुष्टि जनाए । उनले आफ्नाविरुद्ध राष्ट्रियसभामा खेद प्रस्ताव पारित हुँदा तपाईँको ध्यान कहाँ थियो ? भन्दै प्रश्न समेत सोधे ।

उनले भने, ‘यहाँबाट कुरा राख्दै गर्दा तलबाट बोल्न हुन्छ भने हामी पनि बोल्छौं तलबाट यो कुरा हेक्का रहोस् । कसैले दयाले यहाँ आएको होइन । चुनाव जितेर आएको हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *