पूर्वराजालाई रेखा शर्माको चेतावनी- धेरै चुरीफुरी नगर्नू (भिडिओ)

काठमाडौं । नेकपा माओवादीकी सांसद एवं पूर्वसञ्चारमन्त्री रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा दिएको अभिव्यक्तिको आलोचना गरेकी छन् । उनले पार्टी खोलेर राजनीतिमा आई प्रधानमन्त्री बन्न चुनौतीसमेत दिइन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले अहिलेको संविधानले सबैलाई दल खोल्न कुनै बन्देज नगरेको बताइन् ।

उनले भनिन्, ‘पूर्वराजाले बाहिर विभिन्न अभिव्यक्ति दिएका सुनिरहेका छौं । लामो त्याग, बलिदानबाट निरंकुश राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । हिजो जनमुक्ति सेनाको गठन भयो, जनयुद्ध भयो । जनयुद्धको जगमा जनआन्दोलन भयो । र, आज आएर संसदमा माओवादी पार्टीलाई कित्ता क्लियर गर भनेर उर्दी जारी हुँदैछ । पूर्वराजालाई के भन्न चाहन्छु भने राजनीतिमा आउने हो भने । पार्टी खोल्ने-दर्ता गर्ने, राजनीतिमा आएर प्रधानमन्त्री बन्ने । किनभने अहिलेको संविधान निरंकुश छैन । सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जानु उपयुक्त हुन्छ धेरै चुरीफुरी गर्न आवश्यक छैन ।’

उनले संसदमाथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको टिप्पणीसमेत गरिन् । सरकारलाई सांसदहरूले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदहरूले दिने अवस्था बनेको उनको जिकिर थियो ।

Comments

3 responses to “पूर्वराजालाई रेखा शर्माको चेतावनी- धेरै चुरीफुरी नगर्नू (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    तिम्रो संबिधानमा चुनाव लडेर राजा हुने व्यवस्था छ ? अनि इतिहासमा कुन देशको राजाले दल खोलेर चुनाव लडेछन बताई देउ देउ। अनि चुनाव लडेर कुन चैं राजा प्रधानमन्त्रि बनेछन त्यो पनि भनिदेउ। तिमीहरुले चिच्याउँदैमा राजा चुनाव लडेर प्रधानमन्त्रि हुने हुन् र ? उनि राजा थिए राजा नै हुन् चाहान्छन। कसैले आफ्नो चाहाना पनि ब्यक्त गर्न नपाउने तिम्रो संविधानको वाक स्वतन्त्रताको के अर्थ ? पहिले संबिधान संशोधन गरेर चुनाबबाट चुनिएर राजा हुने व्यवस्था गर अनि दल खोलेर चुनाव लड्न भन !

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    गाडतन्त्रबाद मूर्दाबाद!! आयातित मार्क्सबाद मूर्दाबाद, मार्क्सबादीलाइ युरोपप तिर खेदौ।

  3. Manaia Thompson Avatar
    Manaia Thompson

    यो आइमाई १७००० नेपालीको रगतको खोलामा नुहाएर चोखिन खोजेकी छे \गरेर देखान स्याल हुयिया नगर|

Leave a Reply

Your email address will not be published. Required fields are marked *