काठमाडौं । नमस्ते ब्याण्डद्वारा संचालित संस्था नमस्ते सांस्कृतिक सांगीतिक प्रशिक्षण केन्द्रले १८ औं महाशिवरात्रि विश्वसंगीत महोत्सव २०२५ आयोजना गर्ने भएको छ । ब्याण्डका गायक ईश्वर गुरुङको संयोजकत्वमा महोत्सव आयोजना हुने भएको हो ।
महोत्सव अन्तर्गत देश विदेशका दर्जनौं गायक गायिका तथा ब्याण्डहरुले काठमाडौं र पोखरामा प्रस्तुति दिनेछन् । काठमाडौंको एलओडी र पोखराको हलनचोकमा हुने कन्सर्टमा सविन राई एण्ड फराह ब्याण्डदेखि उदय मनिला सोताङसम्मले प्रस्तुति दिनेछन् ।
र्यापर हाकिम गुरुङदेखि राजेश पायल राई, यम बराल, दिपक लिम्बु, इन्दिरा जोशीसम्मले प्रस्तुति दिनेछन् । त्यस्तै जापान, अमेरिकाका विदेशी ब्याण्डहरुले पनि प्रस्तुति दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चर्चित लोकदोहरी कलाकारको साथै भ्वइस अफ नेपालका प्रतिस्पर्धीहरुले पनि प्रस्तुति दिनेछन् । काठमाडौंमा फागुन १४ र पोखरामा फागुन १७ मा कन्सर्ट हुनेछ । शान्ति, संस्कृति, एकता, पर्यटन र संगीत प्रवर्द्धनका लागि हरेक वर्ष कार्यक्रमको आयोजना हुँदै आएको छ ।

Leave a Reply