मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी, बोलाइयो बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

मङ्गलवार साँझसम्म समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘मौद्रिक नीति समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक बस्दैछ । सम्भवतः आजै समीक्षा सार्वजनिक हुनसक्छ’, स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा हो । उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ ।

आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको कसरतमा रहेका गभर्नर अधिकारीले ठूलो नीतिगत परिवर्तन नगर्ने तयारीको रहेको समेत स्रोतले जनाएको छ ।

गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षाबारे मङ्गलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग समेत छलफल गरिसकेको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *