ज्ञानेन्द्र शाहलाई वामदेवको चेतावनी- पूर्वराजाको हैसियत पनि गुम्ला (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको टिप्पणी गरे । राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन सुझाव दिँदै उनले नेताहरूले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीको विरोध गरे ।

शाहलाई ८४ को चुनावबाट निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाउन गौतमले चुनौती दिए । तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनको चेतावनी थियो ।

ज्ञानेन्द्रलाई सबैले राजा स्वीकारे पनि जनतालाई रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाएको उनको भनाइ थियो ।

गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।

Comments

One response to “ज्ञानेन्द्र शाहलाई वामदेवको चेतावनी- पूर्वराजाको हैसियत पनि गुम्ला (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    राजाले चुनाव लड्दैनन। विश्वमा कहि पनि र कहिले पनि राजाले चुनाव लडेको इतिहास छैन। राजाले चुनाव लडेर प्रधानमन्त्रि बन्ने पनि हैन ! राजा राजा नै हुन नेता हैनन्। तिमीहरु आफैमा राजनैतिक चेतनाको पूर्ण बिराम लागेको र राजनैतिक जिबनको अन्त्यको संघारमा उभिएको बेला चिच्याउँदैमा न राजाले चुनाव लड्ने नै हुन्। यसो इतिहास पनि पढ्ने गर ज्ञानको दायरा अलि फराकिलो बनाउ। चुनाव त तिमीहरु जस्तो नेताहरुको लागि हो तिमीहरु नै लड।

Leave a Reply

Your email address will not be published. Required fields are marked *