एभरेष्ट ग्यास उद्योगले १४ लाख बराबरका सिलिन्डर स्क्रयाप गर्‍यो

काठमाडौं । एभरेष्ट ग्यास उद्योगले असुरक्षित ५ सय ३६ वटा एलपीजी ग्यास सिलिण्डर स्क्रयाप गरेको छ । उद्योगका अनुसार करिब १४ लाख बराबरको सिलिन्डर स्क्रयाप गरेको हो । एभरेष्ट ग्यास उद्योगका अध्यक्ष शिवप्रसाद घिमिरे सिलिण्डर स्क्रयाप गरिएको बताए ।

एभरेष्ट ग्यास उद्योगको अध्यक्ष शिवप्रसाद घिमिरेले दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा असुरक्षित ग्यास सिलिण्डर स्क्रयाप गरेको बताए । उनले भने, ‘उपभोक्ताको हितलाई मध्यनजर गरी ५ सय ३६ वटा एभरेष्ट ग्यासको सिलिण्डर स्क्रयाप गरिएको हो । असुरक्षित तथा लिकेज, प्वाल परेका, फुटरिङ्ग, नेकरिङ्ग, बिग्रिएका, म्याद नाघ्न लागेका पुराना सिलिण्डरलाई नष्ट गरिएको हो ।’

उद्योगले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र उपभोक्तावादी लगायतको उपस्थितिमा एभरेष्ट ब्राण्डको लोगो अंकित ५ सय ३६ वटा सिलिन्डर स्क्रयाप गरिएको हो । अघिल्लो वर्ष पनि उद्योगले ४८० वटा सिलिन्डर स्क्रयाप गरेको थियो ।

स्क्रयाप गरिएको सिलिण्डर अब कवाडलाई विक्री हुनेछ । स्क्रयाप गरिएको सिलिन्डर अन्य ठाउँमा प्रयोग नहुने घिमिरेले बताए ।

कसरी थाहा हुन्छ बिग्रिएको सिलिन्डार ?

उद्योगका अनुसार सिलिन्डर रिफिल गर्ने बेलामा परीक्षण गरिन्छ ।

बजारबाट उद्योगमा ल्याएको सिलिन्डर असुरक्षित छ कि भनेर धुने तथा कियर वाइट र सीभीटीमा राखेर चेक गरिन्छ । चेक गर्दा असुरक्षित देखिएका सिलिण्डरहरु स्क्रयाप गरिन्छ ।

सिलिण्डरको उत्पादन मितिमा पनि उद्योगले ख्याल गर्ने गरेको छ । सिलिण्डरमा ग्यास रिफिल गरेपछि पनि चेनपुलमा हालेर पानीमा ढुवाएर समेत सिलिन्डर कतै लिकेज छ भने हेरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *