त्रिशुलीमा माेटरसाइकल दुर्घटना भएर खसेका रानाको शव ९ दिन पछि भेटियो

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा भएर त्रिशुलीमा खसेका युवकको शव फेला परेको छ ।

गत फागुन २ गते इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं। पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आइतबार फेला पारेको हो ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार विहान साढे ९ बजे फेला पारेर नदिबाट बाहिर निकालेको हो ।

उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिडेको परिवारका सदस्यहरुले बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *