प्रधानमन्त्रीलक्षित गगनको टिप्पणी- म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै पुग्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको काम अहिलेको गतिले नपुग्ने बताएका छन् । सल्यान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अहिलेको कामको गतिले नपुग्ने भन्नेकुरा सरकारमा बसेकाहरुले महसुश गर्नुपर्ने बताए ।

उनले अहिले आम नागरिकसँग सरकारसँग सुशासनको विषयमा आसा र गुनासो राखेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘सुशासनको कुरा म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै हुँदैन । भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा आम नागरिकहरुले घटना, पात्र र प्रवृत्तिहरुबाट महसुश गर्नुपर्छ । त्यसैले सरकारमा बसेकाले प्रत्येक पटक सोच्नुपर्छ आम नागरिकले हर पल मलाई हेरिरहेका छन् ।’

उनले कसैबाट सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि अपचलन हुनु पनि अपराध भएको बताए ।

Comments

2 responses to “प्रधानमन्त्रीलक्षित गगनको टिप्पणी- म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै पुग्दैन (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    98 % बिरोधी पार्टीको राजनीति ओलीको बिरोध गरेर टिकेको छ !!!
    ओली नैतिकवान बनौ, इमान्दार बनौ र देशको लागि समर्पित हौँ, देश बनाउँ भन्छन : ओलीको खैरो खन्दै तिकेकाहरुको राजनैतिक मिसन के हो ?? के काम गर्छन ती, र कसको लागि ??
    बुझ्ने कुरा चाहिं यो हो !!

  2. ksp pyl Avatar
    ksp pyl

    आफूले गर्दिन मात्र भनेका छैनन ओलिले अरूलाई गर्न दिन्न पनि भनेका छन् । कान ठिक छ भने राम्ररी सुनेर मात्र बोल । बरू तिम्रो वार्षिक ५ करोड खर्चको स्रोत बताउ । भ्रष्टाचारीसँग पैसा असुलेर खर्च चलाउने आफू अनि भ्रष्टाचार नियन्त्रण गरिदिनुपर्ने ओलिले ? घैटेसँगको गठबन्धन केका लागि थियो ?भन् पहिला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *