कांग्रेसभित्रको गुटबन्दी औल्याउँदै नेता सिंहले भने- ४ वर्षमा कहिल्यै महाधिवेशन भएको छैन

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन्।

धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्ने बताए।

उनले भने, ‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो। बहुदलीय व्यवस्था पुनःस्थापना भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिवेशन भएकै छैन। कांग्रेस राजनीतिक पार्टी हो। पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो।’

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताए।

कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा चिन्ता व्यक्त गरे। पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *