कांग्रेस-एमालेलाई प्रचण्डको चुनाैती : ०८४ को चुनावमा मिलेर जानू, हामी बहुमत ल्याउँछौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई ०८४ को चुनावमा मिलेर जान चुनौती दिएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अब माओवादी आफ्नो खुट्टामा एक्लै उभिने दाबी गरे ।

उनले भने, ‘माओवादी कांग्रेस र एमालेको वैशाखी टेकेको कारणले कमजोर भएको हो। अब कसैको बैशाखी टेक्दैन । उपचुनावमा कांग्रेस र एमाले मिलेर चुनावचिन्ह साटासाट गर्दापनि नराम्रोसँग हारे, माओवादी जित्यो। धेरै प्रदेशमा माओवादी एक नम्बर भएको छ । काठमाडौंमा पनि एमालेलाई तेस्रो भयो । अब ०८४ मा कांग्रेस र एमाले गठबन्धन गरेर चुनाव लडेपनि लडुन् हामी जनतासँग एकता गरेर मिलेर भण्डाफोर गछौं, उनीहरु ०८४ मा लिनेर गएपछि हामी बहुमत ल्याउँछौं भन्ने विश्वास छ। तर, हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

उनले कांग्रेस र एमालेले जनताका बीचमा गरेको नारा बेइमानीबाहेक केही होइन रहेछ भन्ने जनताले बुझिसकेको जिकिर गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *