कार्यसम्पादन कमजोर देखिएपछि भौतिकमन्त्रीले भने- प्रधानमन्त्री कार्यालयको मूल्यांकन विधि सुधार्नुपर्‍यो (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको उनले बताए। मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए ।

बिभिन्न राजमार्ग निर्माणको काम पनि द्रूत गतिमा अघि बढिरहेको उहाको भनाइ छ । मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय÷आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को वारेमा छलफल गरेको हो ।

Comments

One response to “कार्यसम्पादन कमजोर देखिएपछि भौतिकमन्त्रीले भने- प्रधानमन्त्री कार्यालयको मूल्यांकन विधि सुधार्नुपर्‍यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कार्ययोजनामा गोष्ठी गर्ने भनेर गोष्ठी सम्पन्न गर्ने मन्त्री र बुटवल -नारायणगढ सडक, जुन प्रचण्डले भारतको निर्देशनमा चाईनिज ठेकेदारको बदनामी गराउन बन्द जस्तै अवस्थामा पुर्याएकोलाई हाल द्रुत गतिमा अघि बढाई रहेका दाहालको मूल्याँकन एउटै डालोमा राख्नु भनेको अन्यायपूर्ण नै हो । मूल्याँकन विधि फेर्ने माग जायज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *