काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।
जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जारी बैठकलाई अध्यक्ष माधव नेपालले सम्बोधन गरिरहेका छन्।
बैठकमा पार्टी अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।
त्यस्तै जनजीविका र सुशासनका सवालमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि नेकपा एसको तयारी छ ।
यसअघि विहीबारलाई तय बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधनपछि स्थगित गरिएको थियो ।


Leave a Reply