चुनावपछि महाधिवेशन भए कांग्रेसको हालत नाजुक हुन्छ : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समयमै महाधिवेशन गर्नुपर्ने अडान सुनाए।

उनले भने, ‘०८३ मंसिरमा हुनुपर्ने हो, मैले त समयमै अधिवेशन गरौँ भनिरहेको छु। विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था छ। त्यसमा समन्वय गर्नुपर्छ। तर, चुनावपछि महाधिवेशन गर्‍यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका ११ नेताहरूले गएको महाधिवेशनमा देउवालाई नै सहयोग गरेकाहरूले अहिले जाँदैमा फरक नपर्ने टिप्पणी गरे।

११ भाइबारे उनले भने, ‘उहाँहरूले १४औँ महाधिवेशनमा पनि देउवालाई सर्पोट गरेकै हो नि। तर त्यसरी नहेर्नुस् अहिले नेपालको राजनीतिक गम्भीर छ।’

उनले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको बताए।

उनले देशमा सुशासन नभएको भन्दै आर्थिक अवस्था एकदमै कमजोर हुँदै गएको बताए। एमाले प्रतिस्पर्धी पार्टी भएकाले सरकारमा भएकाहरूले समर्थन गरे पनि बाहिर बसेकाहरूले खबरदारी गर्न छाड्न नहुने दोहोर्‍याए।

Comments

One response to “चुनावपछि महाधिवेशन भए कांग्रेसको हालत नाजुक हुन्छ : शेखर”

  1. manaia thompson Avatar
    manaia thompson

    यो अर्को लूते हो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *