७१ उपसचिव एकैपटक सरुवा, २४ जना प्रमुख प्रशासकीय अधिकृतमा (सूची)

काठमाडौं । राजपत्रांकित द्धितीय श्रेणीका ७१ जना उपसचिव एकै पटक सरुवा तथा पदस्थापनसँगै कामकाजमा खटाइएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७१ उपसचिवलाई विभिन्न निकायमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाएको हो । सरुवा गरिएका मध्ये ६ जना उपसचिवलाई भने मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

जसमा ३९ जना ज्येठता तथा कार्यसम्पादन मूल्यांकनबाट राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतबाट उपसचिवमा बढुवा नियुक्ति भएर मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका उपसचिव हुन् भने ३२ जना मन्त्रालयको निर्णय अनुसार सरुवा तथा कामकाजमा खटाइएका उपसचिव हुन् ।

७१ जना उपसचिव पदस्थापन, सरुवा तथा कामकाजमा खटाइदाँ मन्त्रालयले २४ जना उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *