संसदको मिडिया व्यवस्थापनप्रति सूर्य थापाको असन्तुष्टि- प्रधानमन्त्रीलाई हिटलर भने, मलाई हनुमान (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरूले सोधेको प्रश्नप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मिडिया व्यवस्थापनको विषयमा संसद सचिवालयलाई ध्यानाकर्षण गराए।

उनले संसद भवन परिसरमा कसैबाट परिचालित रूपमा प्रधानमन्त्री र सांसदहरुलाई प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न गरे।

उनले भने, ‘म आफैँले भोगेको र हिजो प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्रीज्यू बाहिरिँदा तपाईँ हिटलर हो ? भन्ने प्रश्न सोधियो। नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ।’

उनले संसद सचिवालयको अनुमतिले आएको मिडियाकर्मीहरूले संविधान, कानून, पत्रकार आचारसंहित, सामाजिक शिष्टाचारलाई ध्यान नदिई गैर जिम्मेवार प्रश्न गर्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरे। उनले आफूलाई तपाईँ हनुमान हो ? भन्ने प्रश्न गरेको पनि स्मरण गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *