प्रेस सेन्टरका केन्द्रीय सदस्य थापा र समाजवादी प्रेस संगठनका उपाध्यक्ष बुढा प्रेस चौतारी नेपालमा फर्किए

सुर्खेत । प्रेस सेन्टरका केन्द्रीय सदस्य शेरबहादुर थापा र समाजवादी प्रेस संगठनका उपाध्यक्ष कमल बहादुर बुढा प्रेस चौतारी नेपालमा फर्किएका छन्। थापा र बुढालाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले स्वागत गरे ।

उनीहरू लामो समयदेखि सेन्टर र समाजवादी धारको पत्रकार संगठनमा आबद्ध थिए। पछिल्लो समयमा विभिन्न छलफल र विमर्शपछि दुबै जना पुनः प्रेस चौतारी नेपालमा फर्कने निर्णयमा पुगेका हुन्।

पत्रकारिता क्षेत्रमा लामो अनुभव बोकेका थापा र बुढाको पुनरागमनले संगठनलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। उनीहरू दुवैले अबका दिनमा स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रेस चौतारी नेपालले उनीहरूको आगमनलाई स्वागत गर्दै पत्रकारहरूको हकहित र स्वतन्त्र पत्रकारिताका लागि संयुक्त प्रयास आवश्यक रहेको बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *