काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् ।
सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।
उनले भने, ‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ,हामीले भूमि सम्बन्धी अधयादेशको विरोध गरेका छौं । नदी किनार,जंगल छेउमा आएर कब्जा गछृन् । हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौं तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट । हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिपर्ने हुन्छ । उनीहरुलाई नै हटाइदिन पनि सक्छन् ।’
उनले भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

Leave a Reply