भौतिक मन्त्रीलाई गोकुल बास्कोटाको चेतावनी– कानमा बतास पसोस्,नभए ढुंगा खाने स्थिति बन्यो

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा सडक नबनेको भन्दै भौतिक मन्त्रीप्रति ध्यानाकर्षण गराए। उनले अब पनि सडक नबने ढुंगा खाने स्थिति बनेको बताए।

प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद बास्कोटाले भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालको कानमा बतास् पसोस् भन्ने जनताको माग आफूले सदनमार्फत सुनाएको बताए । नत्र अब ढुंगा खान तयार हुनुपर्ने चेतावनी समेत उनले दिए ।

बास्कोटाले भने–खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर सडक ४ पटक प्रधानमन्त्री र ४ पटक मन्त्री फेरिँदा पनि बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस्,त्यहाँका जनताले यहि कुरा भन्न भनेका छन् । नभए ढुंगा खाने स्थिति बन्यो ।

बास्कोटाले काठमाडौंको तरकारी बजारमा १७ प्रतिशत योगदान गरेको काभ्रेका किसानले ३ रुपैयामा काउली बेच्नु परेको भन्दै पकेट क्षेत्रमा ५ वटा कोल्ड स्टोर स्थापना गर्न कृषि मन्त्रीको ध्यानकर्षण समेत गराए । बनेपा,धुलिखेल,पाँचखाल,मण्डन र बेथानचोकका किसानको समस्या सुनाउँदै ५ ठाउँमा कोल्डस्टोर राखेर किसानको लगानी जोगाउनुपर्ने बताए ।

Comments

One response to “भौतिक मन्त्रीलाई गोकुल बास्कोटाको चेतावनी– कानमा बतास पसोस्,नभए ढुंगा खाने स्थिति बन्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    साँसद भएर ढुङ्गा हान्ने कुरा सँसदमै गर्ने ? विद्यालाई पार्टीमा भित्र्याउन ओलि सरकारलाई गाली ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *