ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त माग गर्दै बालेनका कानूनी सल्लाहकार सर्वोच्चमा

काठमाडौं । गिरीबन्धु टी-इस्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

प्रधानमन्त्री ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिष्ट्राचार अच्युत कुइँकेलले जानकारी दिए ।

उनका अनुसार सर्वोच्च प्रशासनले उक्त रिट निवेदन दर्ता गरी फागुन ४ गतेका लागि पेसी तोकेको छ ।

अधिवक्ता अर्यालले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट अघिल्लो वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले निरन्तर अवरोध सिर्जना गरेको मुद्दामा उल्लेख गरेका छन् ।

अदालतको अवहेलनामा संलग्न कसुरदार प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै उनले फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेश ल्याएको दाबी गरेका छन् ।

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका कानूनी सल्लाहकार रहेका अर्याल संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्षसमेत हुन् ।

Comments

5 responses to “ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त माग गर्दै बालेनका कानूनी सल्लाहकार सर्वोच्चमा”

  1. bharat kumar thapa Avatar

    को पागल रहेछ

  2. ksp pyl Avatar
    ksp pyl

    भारतीय दलालहरूलाई ओलि प्रधानमन्त्री भएको देखिनसक्नु भएको छ । दलालको काम मालिकको पाउमा पर्नु सिवाय केही हुदैन ।

  3. अर्बिन थापा Avatar
    अर्बिन थापा

    यो ओमप्रकाश अर्याल नाम गरेको भिजिलान्तेले नुनको सोझो गरेछ ।

  4. Bhupendra karki Avatar
    Bhupendra karki

    बिचरा “ओम” !
    भालेस्वर महादेवका पुजारी त परे।

  5. megh raj pandey Avatar

    भारतीय दलानै हो बालेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *