ओलीमाथि घनश्यामको आरोप- कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री बनेका हुन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री भएको आरोप लगाएका छन्।

पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै बालुवाटर ओली भएसम्म केही हुँदैन भन्ने सिद्धान्तमा अघि बढेको दाबी गरे।

उनले भने, ‘अहिले दिनदिनै ओलीले राम्रो गरिरहनुभएको भन्दै हुनुहुन्छ देउवाजी। ओलीजीले कांग्रेसका भ्रष्टहरू नसमात्ने ग्यारेन्टी गर्नुभएको छ। यतिबाहेक अरु केही पनि छैन। यो सरकार किन बन्यो भन्ने देखिसकिएको छ। सहकारीमा रविहरूलाई देखाउन बरु आफ्नै २/४ जना गिरफ्तार गर्नुभएको छ तर उहाँले कांग्रेस चाहिँ छुनुहुन्न। यीनका नालायकि अझै धेरै प्रष्ट हुँदै जानेछ। हामीले देख्नेछौं।’

Comments

3 responses to “ओलीमाथि घनश्यामको आरोप- कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर प्रधानमन्त्री बनेका हुन्”

  1. bharat kumar thapa Avatar

    घनश्याम भुसाल दक्षिणपन्थी पुरातनवादी हुन बामपंथी भन्न पनि लाज हुन्छ उनलाई मैले २०४२ सालदेखि सुनेको छु

  2. ksp pyl Avatar
    ksp pyl

    यस्ता बकम्फुस्सेले भनेको के छापेको ?

  3. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    मान्छे चिन्नु, नचिनाउनु भन्छन् । सबैले चिनेकै हाे त । क्रिषी मन्त्री हुँदा कति काम गर्नु भा थ्याे । मल बीउ त फालाफाल थियाे नि । कि कसाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *