कांग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त

रुपन्देही । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् ।

बुधबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।

कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेको जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *