गृहस्थ बौद्ध जागरण अभियान नेपाल घोषणा

रुपन्देही । बौद्ध शिक्षाको माध्यमबाट समाजमा विद्यमान अन्धविश्वासको अन्त्य गरी शान्त, समृद्ध र समतामूलक समाज निर्माण गर्ने उद्देश्यसहित गृहस्थ बौद्ध जागरण अभियान नेपाल घोषणा भएको छ ।

बुधबार भगवान बुद्ध जन्मस्थल लुम्बिनीमा पत्रकार सम्मेलन गरेर शम्भु रानाको अध्यक्षतामा संस्थाको घोषणा गरिएको हो । जसको महासचिवमा कृष्ण लामा र कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा रहेका छन् । भूगोल र समावेशीको आधारमा चार जना कार्यसमिति सदस्य पछि थप गरिने संस्थाले जनाएको छ ।

आगामी तीन महिनाभित्र सातै प्रदेशमा अभियान सञ्चालन गरिने र प्रारम्भिक चरणमा २०८१ माघ २५ गते चितवनको भरतपुरमा पहिलो जागरण कार्यक्रम गर्ने योजना तय भएको संस्थाका महासचिव लामाले जानकारी दिए ।

संस्थाले एक वर्षभित्र सातै प्रदेशमा अभियान मण्डल गठन गरेर सरकारी तथा गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा बुद्ध दर्शन प्रचारप्रसार र सामाजिक रूपान्तरणका दीर्घकालीन कार्यक्रम गर्ने उद्देश्य राखेको छ ।

संस्थाको केन्द्रीय कार्यालय चितवनमा राख्ने तयारी गरिएको छ । सदस्यता शुल्क, दातृ निकायको सहयोग, स्वयमसेवी योगदान र दान सहयोगबाट संस्था सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष विश्वकर्माले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *