अर्जुन काफ्लेको अध्यक्षतामा २१ सदस्यीय प्रेस सेन्टर गण्डकी प्रदेश समिति निर्विरोध चयन

पोखरा । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशनलेबाट अध्यक्षमा पुनः अर्जुन काफ्‌ले निर्विरोध चयन भएका छन् । अधिवेशनले अध्यक्षतामा दोस्रो कार्यकालका काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष गौतम, उपाध्यक्ष समावेशीतर्फ सन्देश श्रेष्ठ, उपाध्यक्ष महिलातर्फ सविना राना, महासचिवमा गुणराज रोक्का, खुल्ला सचिवमा अर्जुन अविरल र सुरेश अधिकारी, सचिव दलिततर्फ सानेबहादुर नेपाली, जनजाति सचिवतर्फ दानबहादुर गुरुङ र कोषाध्यक्षमा श्रीभद्र पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरी सदस्यमा प्रनिश गिरी, सविता शर्मा, राजकिरण छत्कुली, राजबाबु पिसी, विमल आचार्य, फडिन्द्र अधिकारी, रबी दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत चयन भएका छन् ।

प्रदेश समितिको तेस्रो अधिवेशनको अवसरमा त्रिभुवन अनिल स्मृति पुरस्कारबाट प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री र गणेश चाँदनी स्मृती पुरस्कारबाट अस्मिता सिंखडालाई पुरस्कृत गरिएको छ ।

प्रदेश अधिवेशनको सोमबार नेकपा (माओवादी केन्द्र) का गण्डकी प्रदेश सहइञ्चार्ज हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्र गण्डकी प्रदेश ससदीय दलका नेता हरिबहादुर चुमान, प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बराल, मार्क्सवादी अध्ययन केन्द्रका अध्यक्ष झलकपाणी तिवारी, पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरूङ्ग, नेत्रनाथ अधिकारी, किशन शर्मा लगायतको उपस्थिति थियो ।

यस्तै प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीपक श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *