प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल

रूपन्देही । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्वाचित भएकी छन् । शनिबार घोराहीमा सम्पन्न जिल्ला शाखा दाङको १०औं अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यस्तथै खुला उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर र कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरूमा महेश बस्नेत, सुशील परियार, चेतन ओली, दीपक ओली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अभिषेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, दीपक चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली र राजकुमार विश्वकर्मालाई चयन गरिएको छ ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता भएको अधिवेशनको उद्घाटन सत्रमा प्रेस चौतारी प्रतिभा पुरस्कारबाट दीपक जीएम र प्रेमकुमारी बुढालाई सम्मान गरिएको थियो । यस्तै भुवन देवकोटालाई अविराम सम्मान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *