सहकारी बचतकर्ताको रकम सञ्चालकले अपचलन गरे, नियमन गर्न अध्यादेश ल्याएका हौं : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएको विकृत्ति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

‘कांग्रेस र सहकारी’ विषयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले सहकारीमा जनताको बचतको सुरक्षा गराउन सक्नुपर्ने बताए।

उनले भने, ‘आम नागरिकले दुख गरेर सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेका छन्। त्यसको सुरक्षाको ग्यारेन्टी गराउँनुपर्छ र आजको आवश्यकता पनि त्यही हो।’

सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको बताए। सहकारी क्षेत्रको गुणत्मक सुधार हुँदा समग्र अर्थतन्त्रमै सुधार आउने उनको विश्वास छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *