रविको बचाउ गर्दै लिङ्देनले प्रधानमन्त्रीलाई सोधे- तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने ? (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर सत्ता निकटलाई जोगाएकोप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ताको दुरुपयोग नगर्न माग गरे।

उनले भने, ‘एउटा पार्टीको अध्यक्ष ८४ दिन प्रहरीको हिरासतमा बस्नुपर्यो। त्यही प्रकृतिको मुद्दामा सहकारीको सञ्चालक भएको तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने, मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन भनेर वकालत गर्दिनँ। कानून त सबैलाई बराबरी लाग्छ होला नि। उहाँले ८४ दिन हिरासत बस्नु पर्ने, अरु अदालतमा हाजिर भएर घर जानुपर्ने कस्तो व्यवस्था हो? ‘

उनले रवि लामिछाने मात्रै नभइ प्रधानमन्त्रीसहित सबैको सम्पत्ति छानविन गर्न माग गरे।

उनले भने, ‘सरकारले उहाँमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा चलायो। छानविन हुनु हुन्न भन्ने कुार होइन। तर अरु गर्नुपर्ने कि नगर्नेरु प्रधानमन्त्री र प्रधानमन्त्री वरपरको मान्छेको गर्नुपर्ने कि नपर्नेरु गरौं न। मेरो पनि गरौं। अहिले प्रहरी प्रमुखमाथि पनि छानविन हुनुपर्छ सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्नेकुरा नमूना पनि हो। छानविन भन्दापनि सोध्नुपर्यो। उहाँले रवि लामिछाने गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा आएर उहाँमाथि कुनै उजुरी र मुद्दा छैन भन्नेभएको होइन। अहिले मुद्दा चलायो कुन कुरा सत्य हो।’

Comments

4 responses to “रविको बचाउ गर्दै लिङ्देनले प्रधानमन्त्रीलाई सोधे- तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ३० वर्षसम्म राजाको गोडा मलेर देश लुटेका लुटेराहरू अहिले फुर्ति गर्ने ? अझै पनि राजा ल्याउन पाए ढोके भएर लुटौंला भन्ने तिमीहरू नैतिकता नभएका दास हौ ।

    1. manaia thompson Avatar
      manaia thompson

      @Ksp Pyl तैले खड्गे वोली को गुला मोलेको न्देख्या हो र भन्या|

  2. बिश्वदेव शाह Avatar
    बिश्वदेव शाह

    नियम कानून सबैलाई समान हुनुपर्छ, सबैको छानबिन हुनुपर्छ भन्ने राप्रपाको अभिब्यक्ति मात्र होईन, माग पनि हो र चुनौती पनि हो। सबै दलका नेताहरुको सम्पत्ती शुद्धिकरण छानबिन प्रक्रिया अघि बढाउन सरकारले साहस देखाओस।

    1. manaia thompson Avatar
      manaia thompson

      @Ksp Pyl तैले खड्गे वोली को गुला मोलेको न्देख्या हो र भन्या|

Leave a Reply

Your email address will not be published. Required fields are marked *