माओवादी संसदीय दलको बैठक सिंहदरवारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले बैठक जारी छ।

प्रमुख सचेकत हितराज पाण्डेका अनुसार बैठकमा भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ। आजै बसेको विपक्षी दलको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *