पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय भएको बताएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय राजनीतिमा फर्किन गरेको तयारीप्रति विभिन्न टीकाटिप्पणी भइरहेको बेलामा थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने बताए।

‘दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर हुँदैन’ उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ।’

दलीय स्वार्थ भन्दामाथि उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुने जिकिर गर्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हुने बताए।

Comments

One response to “पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा”

  1. bharat kumar thapa Avatar

    नेपाल पछाडी पर्नुको मुख्य कारण जहानिया शासन हो सक्किसकेको राजतन्त्र आवश्यक छैन जनताको छोराछोरी राष्ट्र प्रमुख हुने व्यवस्था ठिक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *