काठमाडौं । नेपाली कांग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसायबारे सम्मेलन गर्ने भएको छ। कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा भोलि र पर्सि दुई दिन सम्मेलन गर्न लागेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने सम्मेलनले व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने विश्वास लिएको विभागका प्रमुख मीन विश्वकर्माले बताए।
सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनीस्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउने उनले बताए।
उनले भने, ‘दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्रमार्फत साना तथा मझौला व्यवसायसम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालाहरूबीच छलफल हुनेछ।’
उक्त सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले भोलि बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply