ललीत राजवंशीले धनगढीबाट अर्जुन ट्रफी खेल्ने

कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललीत राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीबाट खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा तहल्का पिटेका ललीतले क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिसिए धनगढीबाट प्रतियोगिता खेल्ने भएका हुन् ।

एनपिएलको पहिलो उपाधि जनकपुर बोल्टलाई जिताउने क्रममा सानदार प्रदर्शन सहित सबैभन्दा बढी १७ विकेट लिएका ललीतले क्रिकेटको शहरको टोलीबाट खेल्न पाउँदा गर्व महसुस गरेको बताएका छन् । उनले एनपिएलको फाईनलमा सुदुरपश्चिम रोयल्सलाई उपाधि जित्नबाट बन्चित गराउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललीतले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरु कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्र्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।

यस्तै ललीत समावेश रहेको डिसिए धनगढीले माघ २० गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ । लिग चरणका सबै खेलहरुका बलिङ आक्रमणका प्रमुख हतियारको रुपमा ललीत राजवंबी रहनेछन् ।

हालै सम्पन्न जय ट्रफीको च्याम्पीयन नेपाल पुलिस क्लबलाई बनाउन ललीतले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाईनलमा ४ विकेट लिएका उनले प्रतियोगिताभरी २३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो सम्बरमा रहेका थिए ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *