अखिल क्रान्तिकारीकाे मतपत्रमा मसी विवाद- कालो सदरको पक्षमा उभिए सापकोटा, अरुले गरे फर्जीको आशंका

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा मतपत्रमा लागेको कालो र रातो मसी विवाद नटुंगिँदा अझै मतगणना सुरु हुन सकेको छैन ।

विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा लगेर गर्ने सहमति भए पनि मसी विवादको कारणले अहिलेसम्म मत गणना सुरु हुन नसकेको हो ।

यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । अध्यक्षका उम्मेदवार उपदेश यादव, हेमन्त राई, सुदिन पौडेल कालो मसी बदर गर्ने पक्षमा छन् भने विजय सापकोटा कालो मसीलाई सदर गर्ने पक्षमा उभिएका छन् ।

कालो मसी भएको फर्जी मत भएको हुनसक्ने आशंका गरिएको छ । निर्वाचन समितिले मतदानको क्रममा रातो साइन पेन दिएको थियो ।

उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएर उनलाई पछ्याइरहेका छन् ।

Comments

One response to “अखिल क्रान्तिकारीकाे मतपत्रमा मसी विवाद- कालो सदरको पक्षमा उभिए सापकोटा, अरुले गरे फर्जीको आशंका”

  1. Nagendra Avatar
    Nagendra

    यस्तो सानु खुड्किलोमा पाइला चाल्दै यस्तो कन्स्पिरेशी र अवरोध हुन्छ भने बनाउछन देश तिनले !?
    १. सहीद को बलिदान, योद्दाको रगत अनि जनताको माया र आशा माथि कत्ति ठुलो धोखा !!
    २. वास्तवमा त्यो आज मात्र प्रकट भएको हैन : नेपाली युवाको लडाकु भावना , परिवर्तनको चाहना र कम्युनिस्ट हरुको जिउदो इतिहास पढेका योद्दा हरुको इमान्दारिता लाइ आधार बनाएर तिनलाई सुर्र्याएर उत्तेजित बनाएर युद्दमा होमी दिंदा को क्षणबाट देखिन्छ चतुरेको चतुर्याइं !!
    ३. अनेक बहानामा क्रान्तिकारीलाई पाखा लगाउने र 2-पक्ष्यलाई भिडाउने अनि आफु न्यायाधिस : दुबैको टाउकामा हान्ने : प्रचण्ड प्रबृत्ति : प्रचण्ड पथ .. कत्ति घातक उर्जावान युवा, लडाकु योद्दा र मुक्तिको आशामा जीवन सकिरहेका न्याय प्रेमी जनता को लागि, हिजो अनि आजका !!
    ४. योद्दाको आशा सहि, बिचार सहि, बुझाए सहि, हिडेको बाटो सहि तर हिडाउने अगुवा कत्ति गलत 😳
    MCC. को बिरोधमा सडक आगो ओकल्न उकास्ने पनि तिनै अनि संसदमा पेलेर पास गराउने र लागु गर्ने पनि तिनै !! भारत संग सुरुङ्ग युद्द गर्ने भन्दै उल्क्याउने पनि तिनै, भारतको खान्की खाएर बसेका ती, सत्तालाई भारतको कम्फ़र्टेबल बनाएर चलाउने पनि तिनै !!
    ५. साच्ची यस्ता भविस्य खोज्न यौबन अर्पेर लागेकाहरुको टाउकोमा घन ठोक्नेहरु को मक्सत के हो, किन हुन पर्यो तिनै एकछत्र सबै तीर ?? म त यौटा लेन्डुप दोर्ज्जिको अनुहार देख्दै छु त्यो अनुहारमा : भारतको अशल खेताला : लेन्डुप ले त्येही गरेको थियो : एकछत्र सबै तिर : कत्ति सजिलो बुझाउन देश भारतलाई !! अचम्मको अर्को कुरा त : कोहि झुलुक्क झुल्कियो चुनौती दिंदै बिरोधि कित्तालाई भने आफ्नु सर्बस्व सुम्पन तयार : कत्ति स्वार्थि हौ ??
    ६. बी केयर्फुल जिउदा युवा, बिउझेका युवा : आफ्नु देश र आफ्नै भविस्य बनाउन जुर्मुराएका युवा :: रगत मुल्यहीन भएको छ योद्दाको, पसिना खेर नजाओस नौजवानको : देश बन्छ कसरी त नत्र !! ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *