ठूला दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबारबाट सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनको लागि छलफललाई तीव्रता दिएका छन् ।

हिजो सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका उनले आज ठूला दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल छलफल राखेका हुन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसमा प्रमुख सचेतक श्याम घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाकी सचेतक निशा डाँगीलगायत सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *