तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ? 

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५० रुपैयाँ तोकिएको छ । आइतबार यस्तो मूल्य एक हजार ८६५ रुपैयाँ थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *