लुम्बिनी प्रदेश सरकारद्वारा सचिवहरुको जिम्मेवारी हेरफेर

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

नयाँ निर्णयअनुसार सामाजिक मन्त्रालयका सचिव भूपेन्द्र थापालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई पठाइएको छ ।

त्यस्तै रिक्त रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटालाई लगिएको छ । देवकोटा यसअघि पनि कृषि मन्त्रालयका सचिव थिए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंह भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि सचिव पद रिक्त थियो ।

यसैगरी लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थ गण्डकी प्रदेश सचिवमा सरुवा भएका छन् भने प्रदेश प्रमुख सचिवमा संघीय सरकारबाट बाबुराम अधिकारी आउने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *