भूपू सैनिक तथा प्रहरी संगठनको महाधिवेशन मिति तय

काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को छैटौँ महाधिवेशनको मिति तय भएको छ ।

अध्यक्ष विनोद पाण्डेको अध्यक्षता र इन्चार्ज खेममान खडकाको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी फागुन २७ र २८ गते काठमाडौंमा छैटौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको मिति तय गर्दै पूर्वतयारीका लागि अध्यक्ष पाण्डेको नेतृत्वमा मूल तयारी समिति गठन गरी विभिन्न उपसमितिहरू गठन गरेको छ ।

बैठकले पार्टीले सञ्चालन गरेको वडा केन्द्रित तीन महिने अभियानलाई रचनात्मक रुपमावडा तहसम्म सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *