समीक्षालाई ज्योती मगरको कटाक्षः भर्खर पिलेन चढ्न थालेका ‘पाखे’ कलाकारले आफूलाई स्टार सम्झिए

काठमाडौं । गायिका ज्योती मगरले अर्की गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन् । उनले हेपाहा शैलीमा समीक्षालाई ‘पाखे’ संज्ञासमेत दिन भ्याइन् दिइन् ।

समीक्षाले आज फेसबुक स्टाटस लेख्दै श्री एयरलाइन्सले बिहानको उडानलाई दिउँसो सारेकोमा आक्रोश व्यक्त गरेकी थिइन् । आफूसहितका यात्रुहरू दिनभरि एयरपोर्टमा थन्किनुपरेको उनको गुनासो थियो ।

समीक्षाको यही स्टाटसलाई लक्ष्यित गर्दै ज्योतीले कटाक्ष गरेकी हुन् । उनले विमान कम्पनीको खुलेर बचाउ गरेकी छन् । प्रकृतिभन्दा माथि कोही पनि नभएको र फ्लाइट रद्द हुनु सामान्य कुरा भएको ज्योतीको भनाइ छ ।

उनले लेखेकी छन्, ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकांस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोखेर आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै ।’

स्मरणीय छ, पल साह र समीक्षाको स्क्यान्डलमा ज्योतीले पल शाहको समर्थन गरेकी थिइन् ।

हेर्नुस ज्योतीको पूरा स्टाटस

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *