पूर्वडीआईजी छविलाल काठमाडौं अदालतमा उपस्थित

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

छुनछेक बहसका लागि छवि आज अदालत उपस्थित भएका हुन् । जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ ।

उनले आफू अदालत आइपुगेको नेपाल प्रेसलाई बताए ।

जोशीले भने, ‘हो म आइपुगेँ ।’

यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।  जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि भने स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *