गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १७ लाख आवेदकको हात खाली

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको थियो ।

कम्पनीको आईपीओमा १९ लाख ८ हजार ३३१ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १ लाख ८४ हजार ५०० जनाले शेयर प्राप्त गरेका छन् । बाँकी १७ लाख २३ हजार ९३१ जनाको हात खाली भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *