हेटौंडा । स्पेनिस कोपा डेल रे मा रियल म्याड्रिडले शानदार जित दर्ता गरेको छ ।
शुक्रवार बिहान भएको खेलमा रियलले सेल्टाभिगोलाई ५-२ गोलले पराजित गरेको हो ।
रियलको लागि केलियम एम्बाप्पे, भिनियस जुनियर र फेड्रीको भाल्भार्डेले समान एक-एक गोल गर्दा ब्राजिलियन स्टार एन्ड्रीकले दुई गोल गरे । सेल्टाभिगोको लागि बाम्बा र एल्सोनले गोल गरे ।
खेलमा पहिलो गोल एम्बाप्पेले खेलको ३७ औँ मिनेटमा गरे । त्यस यता जुनियरले ४८ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता २-० मा लगे ।
तर खेलम सेल्टाभिगोले अप्रत्याशित पुनरागमन गर्यो । उसको लागि खेलको ८३ औँ मिनेटमा बाम्बा र ९१ औँ मिनेटमा एल्सनले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो ।
तर एड्रीकले १०८ र ११९ मिनेटमा गोल गर्दै टिमलाई जित तर्फ अग्रसर गराए । र भाल्भार्डेलले गोल गरेपछि खेल रियलले ५-२ले जित्यो ।

Leave a Reply