वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ ।

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो’, डिएलएद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले सोको भर्त्सना गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तीमार्फत सरकारसँग अनुरोध गरेको छ ।

 

Comments

2 responses to “वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा”

  1. samir Avatar
    samir

    त्यो त्रिपाठी अधिवक्ता होइन, कालो काङ्ग्रेसको झोले हो!
    जसरी पनि रविलाई थुन्नैपर्छ भन्ने यो मान्छेलाई बल्ल ठिक भयो।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    तालुमा टुटुल्को उठेन त। त्यसै हल्ला गर्ने? यो त्रिपाठी को वकालत पेशाको फ्रि प्रचार गर्ने दाउ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *