२००७ साल पछि कुनै पनि सरकारले नगरेको काम माओवादी नेतृत्वको सरकारले गर्‍यो : नारायणकाजी श्रेष्ठ

पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २००७ साल पछाडि कुनै पनि सरकारले नगरेको काम आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको दाबी गरेका छन् ।

माओवादी केन्द्र आँधिखोला गाउँपालिका समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफ्नो पार्टीले २००७ साल यता सबैभन्दा उत्कृष्ट काम गरेको दाबी गरेका हुन् ।

‘माओवादी नेतृत्वको सरकारले देशमा भ्रष्टचारहरुलाई कारवाही गर्न सुरु गरेको थियो । भ्रष्टाचार नियन्त्रण गर्न सुरु गरेको थियो । राज्य लुट्नेहरुको विरुद्ध ठूलाठुला कारवाही गरेको थियो । तर आफु पनि फसिन्छ भनेर कांग्रेस एमालेले हाम्रो सरकार ढाले’, उनले भने, ‘२००७ साल पछाडि कुनै पनि सरकारले नगरेको काम हाम्रो पार्टीको सरकारले गर्यो ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादीबिना देशको संकट नटर्ने दाबी गरे । पाटीं संकल्पबद्ध भएर अगाडि बढेको उनको भनाइ थियो ।

Comments

2 responses to “२००७ साल पछि कुनै पनि सरकारले नगरेको काम माओवादी नेतृत्वको सरकारले गर्‍यो : नारायणकाजी श्रेष्ठ”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकार नै सुन तस्करीमा भनेको प्रचण्ड सरकार नै हो ।

  2. Nagendra Avatar
    Nagendra

    के ?!?!?

Leave a Reply

Your email address will not be published. Required fields are marked *