माओवादी र एमालेभित्रको समस्या औल्याउँदै माधवको प्रस्ताव- विचार मिल्नेहरुसँग एकता, नत्र सहकार्य (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन र विचार मिल्ने दलहरुलाई एकताको प्रस्ताव राखेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यही रणनीतिका साथ अहिले समाजवादी मोर्चा गठन गरेको बताए।
उनले सत्ता फेरबदलपछि सबै पार्टीगत कामका केन्द्रित भएकाले मोर्चा निष्क्रिय भएको जिकिर गरे।

उनले भने, ‘हामीले माघ २ गते मोर्चाको बैठक बस्दैछौं। मन र विचार मिल्छ भने सँगै जाऔं, अहिले विचार र मन मिल्न सकेको छैन भने सहकार्य गरेर अगाडि बढौं। साझा बिषयमा, राष्ट्रियता र लोकतन्त्रको बिषयमा।’

उनले राजनीतिक दलहरुभित्र आआफ्नै समस्या रहेको उल्लेख गरे। उनले थपे, ‘माओवादीभित्र आफ्नै समस्या छ। एमालेमा पनि उस्तै छ। अरु पार्टीको आन्तरिक समास्यामा जान हुँदैन। हामी जनताको समस्यामा केन्द्रित हुनुपर्छ।’

उनले मोर्चाले राष्ट्रियता र जनजीविकाको बिषयलाई उठान गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *