राप्रपा अध्यक्ष लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरुले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पण गरेका हुन्।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।

राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह समेत राखेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *