कृष्ण सिटौलाको दाबी- जनताले पत्याएको पार्टी कांग्रेस मात्रै हो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले सबैभन्दा बढी भरोसा गरेको पार्टी कांग्रेस नै भएको दाबी गरेका छन्। कांग्रेस काठमाडौं १ को भेलालाई सम्बोधन गर्दै जनताले सबैभन्दा धेरै पत्याएको पार्टी नै कांग्रेस भएको जिकिर गरे।

उनले भने,‘अहिले कांग्रेस र एमालेको सरकार छ। एमाले नेता प्रधानमन्त्री हुनुहुन्छ। हामी पनि सरकारमा छौं। हामी सबैभन्दा ठूलो पार्टी हौं, संसदमा मात्रै होइन। देशभरकै मुल्यांकनमा हो। जनताले सबैभन्दा बढी पत्याएर ठूलो पार्टी बनाएको हामीलाई नै छ। अहिले पनि जनताको विश्वास हामीमाथि नै छ।’

उनले कांग्रेसले अहिलेसम्म गरेको कामलाई जनताको बीचमा लगेर गर्नबाँकी काम पनि गर्नसक्ने आँट राख्नुपर्ने बताए।

Comments

2 responses to “कृष्ण सिटौलाको दाबी- जनताले पत्याएको पार्टी कांग्रेस मात्रै हो (भिडिओ)”

  1. योगेस Avatar
    योगेस

    त्यही भएर २ पल्ट लगातार चुनाव हार्यौ बुढा

  2. ksp pyl Avatar
    ksp pyl

    अघिपछि चुप्प लाग्ने सिटौला ओलि प्रधानमन्त्री भएपछि बकबक खुबै गर्न थाले त । झापामा पत्तासाफ हुने देखेर हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *